गैरकानूनी काम गर्ने ८ चिनियाँ गोर्खाबाट पक्राउ « Khabarhub

गैरकानूनी काम गर्ने ८ चिनियाँ गोर्खाबाट पक्राउ


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ ।

माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई सोमबार पक्राउ गरिएको  प्रहरी उपरीक्षक ओम शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्यांग ग्वाङ लीन, ट्यांग डाकविङ, ट्यांक जुन, ट्यांग जियानहुवा, ट्यांग युजेन, याङ चुन, याङ जियाचुन र लिङगू केसेङ छन् ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार उनीहरु सबैलाई आरुघाट नगरपालिका–३ स्थित सोती भन्ने स्थानमा काम गरिरहेको बेला नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई सोमबार साँझ नै अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

यसअघि माथिल्लो बुढिगण्डकी जलविद्युत परियोजना सञ्चालन गर्ने नौले नेपाल हाइड्रोपावर कम्पनीले १५ जनाभन्दा धेरै चिनियाँ नागरिकलाई कामदारको रुपमा नेपाल ल्याएको थियो ।

उनीहरुले गैरकानूनी रुपमा काम गरिरहेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई तत्काल कागजात जुटाउन आग्रह गरेको थियो ।

तर  प्रशासनको उक्त आग्रहलाई बेवास्ता गर्दै केही चिनियाँहरु भागेका थिए । यद्यपी त्यहाँ बिना कागजात काम गरिरहेका ८ चिनियाँलाई भने पक्राउ गरिएको हो ।

कतिपयसँग पर्यटन भिसा रहेको तर काम गर्न पाउने कागजात नभएको र कतिपयसँग भने भिसा नै नभएको प्रजिअ पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : १५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।