प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे अर्थमन्त्री खतिवडा « Khabarhub

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे अर्थमन्त्री खतिवडा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् ।

आजबाट राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएसँगै अर्थमन्त्री डा खतिवडा प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

प्रधानमन्त्रीसँग भेटका लागि गएका अर्थमन्त्री डा खतिवडालाई सञ्चारकर्मीले मन्त्री पद र राष्ट्रिय सभा सदस्यबारे जिज्ञासा राखेका थिए ।
उनले अझै एक दिन कुर्नुस थाहा भइहाल्छ भन्ने जवाफ दिए ।

‘आज २० गते भयो । एकदिन अझै कुर्नुस् थाहा भइहाल्छ,’ खतिवडाल भने ।

राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ३ : ५८ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित