कोरोनाको आशंकामा कतारबाट फर्किएका एक जना टेकु अस्पताल भर्ना « Khabarhub

कोरोनाको आशंकामा कतारबाट फर्किएका एक जना टेकु अस्पताल भर्ना


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

मंगलबार चार जना नेपालीलाई डिस्चार्ज गरेकै दिन थप एकजनालाई कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

कतारबाट फर्केका ५४ वर्षीय ती व्यक्तिलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको उनले बताए ।

‘उहाँमा रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार नै आइसोलेसनमा भर्ना गरेका छौं’ बास्तोलाले भने।

अर्का दक्षिण कोरियाबाट फर्केका एक जना हिजोदेखि आइसोलेसनमा छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : १६ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी