स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ९६१ जनाको को मृत्यु | Khabarhub Khabarhub

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ९६१ जनाको को मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ९६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ ।

स्पेनमा एकैदिन ७ हजार ९४७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १२ हजार ६५ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा संक्रमितमध्ये २६ हजार ७४३ जना उपचारपछि निको भएका छन् । ६ हजार ९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७४ हजार ९ सय ७४ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : २२ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक