जर्मनीमा कोरोना भाइरसका कारण एकैदिन ६ हजार ८१३ नयाँ संक्रमित « Khabarhub

जर्मनीमा कोरोना भाइरसका कारण एकैदिन ६ हजार ८१३ नयाँ संक्रमित


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १०७ पुगेको छ ।

जर्मनीमा एकैदिन ६ हजार ८१३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८४ हजार ७९४ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा संक्रमितमध्ये २२ हजार ४४० जना उपचारपछि निको भएका छन् । ३ हजार ९३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २२ हजार ४४० जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार