पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती « Khabarhub

पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ ।

यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७ बर्षको कारावासको सजाय दिइएको छ।

बाँकी तीन आरोपीलाई भने मुक्त गरिएको छ। तीनै जनालाई पहिले आजीवन कारावासको सजाय सुनाइएको थियो। जसमा फहादनसीम, सलमान साकीब र आदिल रहेका छन् ।

शेखका वकिलले भने,’शेखको  ७ बर्षको सजाय पुरा भईसक्यो । यसकारण उनको रिहाइको आदेश केही समयमै आउनसक्छ र उनीपनि केही दिनमै रिहा हुनेछन्।‘

पर्लको हत्या पछि शेखले पाकिस्तानी सेनाका अधिकारी ब्रिगेडियर एजाज शाहसमक्ष आत्मसमर्पण गरेका थिए । शाह हाल पाकिस्तान सरकारमा गृहमन्त्री छन्। शाह मन्त्री भएपछि यसप्रकारको फैसला आएको हुनसक्ने अनुमान लगाइएको छ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तिलक देवेश्वरले उमर शेख पक्राउ हुनु अघि ब्रिगेडियर एजाज शाह समक्ष आत्मसमर्पण गरेका थिए। त्यसकारण शाह हाल गृहमन्त्री भएको बेला उनको रिहाईको वातावरण बनेको छ ।

यसअघि पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खानमाथि डेनियल पर्लको हत्यारालाई गृहमन्त्री बनाएको आरोप लगाएका थिए। शाहलाई गृहमन्त्री बनाउँदा बिलावलले इमरान खानलाई भनेका थिए कि तपाईंले अन्तर्राष्ट्रिय समुदायलाई नराम्रो सन्देश दिदै हुनुहुन्छ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ११ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका