कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डरलाई जिम्मेवारीबाट हटाइयो « Khabarhub

कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डरलाई जिम्मेवारीबाट हटाइयो


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट हटाएको छ ।

नौसेनाले एउटा विज्ञप्तिमार्फत् क्याप्टेन ब्रेट कोजिअरलाई जिम्मेवारीमुक्त पार्नु ‘नौसेना र देशको उच्चतम हितमा रहेको’ जनाएको छ।

यूएसएस थियोडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आफ्नो नेतृत्वलाई पत्र लेखेका थिए ।

जिम्मेवारीबाट हटाएपछि नौसेनाको नेतृत्वले क्रोजिअरले ‘चेन अफ कमाण्डबाहिर गएर काम गरेको’ जनाएको छ ।

क्रोजिअरले उक्त पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न ‘निर्णायक कदम’को माग गरेका थिए ।

नौसेनाका कार्यवाहक प्रमुख थोमस मोड्लीले कमाण्डर क्रोजिअरले ‘निकै कमजोर निर्णयक्षमता प्रदर्शन गरेको’ जनाएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त पत्र ‘सञ्चारमाध्यमलाई चुहाइएको’ कारण क्रोजिअरलाई हटाइएको बताए ।

उनले भने: “उक्त पत्रले उनका चासो नौसेनाले सम्बोधन गरिरहेको छैन भन्ने छनक दिन्थ्यो।…जुन साँचो होइन ।”

यो साताको सुरुमा क्रोजिअरले सहायता माग्दै लेखेको पत्रले धेरैको ध्यान खिचेको थियो ।

उनले लडाकु विमानहरू बोक्ने उक्त विशाल पानीजहाजमा रहेका थुप्रै सैनिकहरूलाई क्वारन्टाइनमा राख्नुपर्ने बताएका थिए।

क्याप्टेन ब्रेट क्रोजिअरले लेखेका थिए: “हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।” चार पृष्ठ लामो नौसेनाको नेतृत्वलाई लेखिएको विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको उल्लेख थियो।

अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा ‘यूएसएस थियोडोर रुजवेल्ट’ रोकिएको छ।

अहिलेसम्म उक्त युद्धपोतमा रहेका कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण पाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ०८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी