नयाँ व्यक्तिको नभइ पुरानै संक्रमितको कोरोना रिपोर्ट पोजेटिभ आएको हो– गण्डकी प्रदेश सरकार « Khabarhub

नयाँ व्यक्तिको नभइ पुरानै संक्रमितको कोरोना रिपोर्ट पोजेटिभ आएको हो– गण्डकी प्रदेश सरकार


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको नभइ पुरानै संक्रमितको दोस्रो पटक कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएको छ ।

यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए ।

तर, निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले भने पुरानै व्यक्तिको नमूना परीक्षण गर्ने क्रममा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको बताए ।

‘यहाँ केही मिस कम्युनिकेशन भएजस्तो भयो । यो नयाँ केस हैन, पुरानै संक्रमितको दोस्रो परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो,’ शर्माले खबरहबसँग भने, ‘तर, यो पोजेटिभ भनेको १९ वर्षीया बाग्लुङकी युवतीको हो । जो गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी थिइन् ।’

यसअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको आधिकारिक वेबसाइटको अर्को स्क्रिन सर्ट । जसमा नेपालमा कोरोना संक्रमितको संख्या ७ उल्लेख गरिएको छ ।

खबरहबसँगको कुराकानीका क्रममा निर्देशनालयका एक अधिकारीले केन्द्र सरकारबाट प्राप्त पोर्टेबल पीसीआर मेसिनमा जाँचका क्रममा १ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएका थिए ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको आधिकारिक वेबसाइटको अर्को स्क्रिन सर्ट । जसमा यसअघि उल्लेख गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ को ठाउँमा सच्याएर ६ राखिएको छ ।

ती व्यक्ति केही दिन पहिले भारतबाट आएका समेत ती अधिकारीको भनाइ थियो ।


*सच्याइएको– यसअघि गण्डकी प्रदेश सरकार मातहतकै स्वास्थ्य निर्देशनालयका अधिकारीको सूचना र आधिकारिक वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा  प्रकाशन गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको भन्ने समाचार सच्याइएको छ । आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम र त्यसले पारेको असरप्रति हामी क्षमाप्रार्थी छौं– सम्पादक

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ४८ बजे

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित