अब चितवनमा पनि कोरोना भाइरसको परीक्षण हुने « Khabarhub

अब चितवनमा पनि कोरोना भाइरसको परीक्षण हुने


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो ।

स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालानै उपयुक्त भएको जनाएको थियो ।

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर आज बिहानबाट काम थालिएको हो । मन्त्रालयबाट आएको टोलीका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार आजैबाट काम थालिएको छ । पिसिआर ल्याब रामपुरबाट ल्याइँदै छ । बायोसेफ्टी क्याबिनेट एउटा यही छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ । विज्ञ दुई जना जिल्लामा नै रहेको उनले जानकारी दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ । उनीहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यही उपलब्ध हुने बताइएको छ । मन्त्रालयले किट, रिएजेन्ट, आवश्यक रसायनसहितका अन्य सामान आजै पठाउने खनालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अस्थायी अस्पतालसमेत स्थापना भइसकेपछि परीक्षणसमेत यही गर्न गरिएको गृहकार्यअनुरुप काम भइरहेको जानकारी दिइन् । अहिलेको सङ्क्रमण कालमा यहाँ ल्याब स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा सञ्चालनका लागि केही महिनामा नै भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने उनले  जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा रहेको छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । दैनिक गाडीको प्रयोग गरेर पठाउनुपर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आएपछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले जानकारी दिनुभयो । रजिष्ट्रार खनालका अनुसार भरतपुरसँगै प्रयोगशालाको सङ्ख्या ११ पुगेको छ । सात प्रदेशमा एक÷एक वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीरअस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भइरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ११ : १५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको