कोरोना भाइरस : भारतमा एकै दिन थप १०० जनाको मृत्यु « Khabarhub

कोरोना भाइरस : भारतमा एकै दिन थप १०० जनाको मृत्यु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ ।

भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ ।
भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ०५ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा