कोरोना भाइरसले पाकिस्तानमा ४३७ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसले पाकिस्तानमा ४३७ जनाको मृत्यु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले पाकिस्तानमा हालसम्म ४३७ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

पाकिस्तानमा एकैदिन ९३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ हजार २२ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ४ हजार ७५३ जना उपचारपछि निको भएका छन् । १३ हजार ८३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण १ हजार ३२३ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : १५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज