खाडीका मूलुकमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै « Khabarhub

खाडीका मूलुकमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै

साउदीको जेद्दा क्षेत्रमा ३४, कुवेतमा ७७ जना संक्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोजगारी गर्न खाडी मूलुक पुगेका नेपालीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर बढ्न थालेको छ ।

साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा दुई जना महिला छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ । कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले संक्रमित सबै नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताए ।

उनले बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि (पिआरओ) र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताए । बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ । अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ ।

३४ मध्ये २ जना निको भइसकेको छ । १८ जना अस्पतालमा छन् । १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको पौडेलले बताए । संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन् ।

साउदीमा यसबाहेक पनि नेपाली संक्रमित छन् । राजधानी रियादस्थित नेपाली दूतावासको क्षेत्रधिकार पर्ने रियाद, दमाम, जुवेल, खोवरमा संक्रमित नेपालीको सख्या खुलाइएको छैन । त्यस क्षेत्रमा संक्रमित नेपाली दूतावासको सम्पर्कमा छन् ।

साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ । हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ । एक सय ७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै कुवेतमा शनिबार थप ३ नेपाली संक्रमित भएका छन् । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ७७ पुगेको छ । कुवेतका जिलिप र महावुल्ला क्षेत्रमा बस्ने नेपाली बढी संक्रमित भइरहेको छ । संक्रमित नेपालीले उपचार चित्ताबुझ्दो रहेको बताए ।

‘संक्रमितको रिपोर्ट आएको चार दिन भयो । मलाई अस्पतालमा राखिएको छ’, एक नेपालीले भने,‘म कामदार ओसार्ने गाडी चलाउँदै आएको थियो । कसरी संक्रमित भए भनेर बुझेकै छैन ।’

अहिलेसम्म सबैभन्दा बढी बहराइनमा नेपालीको संक्रमितको सख्या १२६ जना पुगेको छ । मलेसियामा भने ३ संक्रमित छन् । कतारले भने अहिलेसम्म राष्ट्रियता खुलाएको छैन । कतारमा शनिबार ७ सय ७६ जना कोभिड–१९ का संक्रमित भएका छन् ।

कतारमा अहिलेसम्म एक लाख एक हजार ७ सय २८ जनाको कोरोना जाँच भएको छ । कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४० बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ