गतवर्षभन्दा ६ स्थान तल झर्‍यो नेपालमा प्रेस स्वतन्त्रताको स्थिति | Khabarhub Khabarhub

गतवर्षभन्दा ६ स्थान तल झर्‍यो नेपालमा प्रेस स्वतन्त्रताको स्थिति

आज विश्व प्रेस स्वतन्त्रता दिवस


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न प्रत्येक वर्ष ३ मेमा यो दिवस मनाइन्छ ।

यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ ।

नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।

नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासंघको ठहर छ ।

विश्वभर कोरोना भाइरस कोभिड १९ को महामारीले प्रेस स्वतन्त्रता दिवसको अवसरमा यो वर्ष औपचारिक कार्यक्रम आयोजना भएका छैनन् ।

नेपालमा खस्कियो प्रेस स्वतन्त्रताको स्थिति 

नेपालमा अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताको स्थिति खस्किएको रिपोर्टरस् विथआउट बोर्डर (आरएसएफ)ले जारी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । आरएसएफले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल प्रेस फ्रिडम इन्डेक्समा सन् २०१९ को तुलनामा ६ स्थानले तल खस्किदै ११२ औँ स्थानमा पुगेको छ ।

सन् २०१९ मा नेपाल १०६ औँ स्थानमा थियो । सन् २०१३ यता नेपाल सन् २०१७ मा सबैभन्दा उच्च १ सयौँ स्थानसम्म पुगको थियो । पछिल्लो पटक सन् २०१४ मा नेपाल सबैभन्दा खराब १ सय २० औँ स्थानमा थियो ।

प्रेस स्वतन्त्रताको मामिलामा नेपालका छिमेकी मुलुकहरुको अवस्था पनि दयनीय नै छ । १८० देशको यो सूचीमा भारतको अवस्थामा पनि खस्किदो छ । भारत १४२ औँ नम्बरमा छ भने चीन १७७ औँ स्थानमा छ । भुटान ६७, श्रीलंका १२७, म्यानमार १३९, पाकिस्तान १४५ र बंगलादेश १५१ औँ स्थानमा छ ।

सन् २०२० को प्रेस फ्रिडम इन्डेक्समा नर्वे पहिलो स्थानमा छ भने उत्तर कोरिया अन्तिममा छ । नर्वे यो सूचीमा लगातार चार वर्षदेखि शीर्ष स्थानमा छ । उत्तर कोरिया सन् २०१८ मा पनि अन्तिम स्थानमा थियो । सन् २०१९ मा भने इरिट्रियाले उसलाई उछिनेको थियो ।

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भयो- कांग्रेस

यसैबीच प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको बताएको छ । कोरोना भाइरसको महामारीको मौको छापेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको कांग्रेसको ठहर छ ।

“लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टिकरणको सत्ता संक्रमण बढेको छ,” कांग्रेस सभापति शेरवहादुर देउवाले ट्विट गर्दै भनेका छन्, “लोकतन्त्रको पहरेदारको नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै कांग्रेस सदैव त्यसबिरुद्ध उभिने छ ।”

त्यस्तै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि कूदृष्टि राख्न नहुने बताएको छ ।

कांग्रेसले कोरोनाको महामारीबाट गुज्रिरहेको नेपाली प्रेसमाथिको चुनौती कम गर्न विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

सन् १९९१ मा प्रेस स्वतन्त्राको लागि अफ्रिकाका पत्रकारहरुले एक पहल गरेका थिए । यूनेस्कोले यसबारे नामीबियामा एक सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलन २९ अप्रिलदेखि ३ मेसम्म चलेको थियो । सम्मेलनपछि प्रेस स्वतन्त्रताबारे एक वक्तव्य जारी गरिएको थियो ।

जसलाई ‘डिक्लेरेशन अफ विन्डहोक’ भनिन्छ । विन्डहोक नामीबियाको राजधानी हो । यस सम्मेलनको दोस्रो जयन्तीको अवसरमा सन् १९९३ मा यूनेस्को र संयुक्त राष्ट्र महासभाले हरेक वर्ष ३ मेमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको थियो । त्यहीँबाट यो दिवस मनाउन सुरु गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ४० बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा