साउदी अरबको जेद्दा क्षेत्रमा ३४ नेपाली कामदारमा कोरोना संक्रमण « Khabarhub

साउदी अरबको जेद्दा क्षेत्रमा ३४ नेपाली कामदारमा कोरोना संक्रमण


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।

कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले  साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताए ।

बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ। अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ।

साउदी र गैरसाउदीबीच भेदभाव नगरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

बिरामी भएर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान नगर्ने चलन छ। ३४ मध्ये २ जना निको भइसकेको छ। १८ जना अस्पतालमा छन्। १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको पौडेलले बताए।

संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन्। साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ।

हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ। एक सय ७६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : ०८ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का