लकडाउनका बेला सिमेन्ट कालोबजारी गरेको भन्दै २ जना पक्राउ « Khabarhub

लकडाउनका बेला सिमेन्ट कालोबजारी गरेको भन्दै २ जना पक्राउ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि जारी लकडाउनका बेला सिमेन्टको कालोबजारी गरेको अभियोगमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–११ स्थित आनन्द इन्टर प्राइजेजका सञ्चालक ४८ वर्षीय राम प्रताप साह र जनकपुर–४ माछाबजारस्थित चन्दन आइरन स्टोरका सञ्चालन सत्यनारायण चौधरीका २० वर्षीया छोरा चन्चल कुमार चौधरी छन् ।

प्रहरीका अनुसार दुवै जनालाई बजार भाउभन्दा बढी मूल्य लिएर सिमेन्ट बिक्री गर्दै आएका थिए ।

स्थानीय उपभोक्ताको सूचनाको आधारमा पुगेको प्रहरीले आनन्द इन्टर प्राइजेजको गोदामबाट ४९ बोरा सिमेन्ट समेत बरामद गरेको छ ।

यस्तै, जनकपुर–४ माछाबजारस्थित चन्दन आइरन स्टोरबाट ४ सय २० बोरा सिमेन्ट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रहरीले दुवै सिमेन्ट पसलमा सिलबन्दी गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ३५ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा