बागमती प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा सञ्चालन गर्ने तयारी भएको छ । सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा भवनको निरीक्षणसमेत गरेका छन् । पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरेका मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार छलफलमा भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।

निरीक्षणपछि मुख्यमन्त्री पौडेलले बजेट ल्याउने समय भएकाले प्रदेशसभा आह्वान गर्न जरुरी रहेको बताए । उनले चाँडै बैठक बोलाउने तयारीस्वरुप भवनको निरीक्षण गरिएको जानकारी दिए ।

सो अवसरमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोना भाइरसको माहामारीको ख्याल गर्दै बैठक सुरक्षित र व्यवस्थित हुने बताए । प्रदेशसभा सदस्यहरुमा सङ्क्रमणको जोखिम कम गर्न आउजाउको समस्या कम गर्नका लागि सदस्यहरुलाई राजधानी हेटौँडामा सुरक्षित बासस्थानको व्यवस्था गरिने जानकारी दिए । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेशसभा बोलाउने तयारी भइरहेको बताए ।

मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियालगायतले प्रदेशसभा भवनको अवलोकन तथा निरीक्षणमा गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ३२ बजे

डेढ करोड बढीमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी– नवलपरासीको सुनवल‐२ रजहवामा एक करोड ५१ लाखको लागतमा निर्माण

राज्यविरुद्धको कसुरमा टिकाराम भुसालमाथि अनुसन्धान सुरु

काठमाडौं–  नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं– तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका