बागमती प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी « Khabarhub

बागमती प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको प्रदेशसभा सञ्चालन गर्ने तयारी भएको छ । सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा भवनको निरीक्षणसमेत गरेका छन् । पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरेका मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार छलफलमा भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।

निरीक्षणपछि मुख्यमन्त्री पौडेलले बजेट ल्याउने समय भएकाले प्रदेशसभा आह्वान गर्न जरुरी रहेको बताए । उनले चाँडै बैठक बोलाउने तयारीस्वरुप भवनको निरीक्षण गरिएको जानकारी दिए ।

सो अवसरमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोना भाइरसको माहामारीको ख्याल गर्दै बैठक सुरक्षित र व्यवस्थित हुने बताए । प्रदेशसभा सदस्यहरुमा सङ्क्रमणको जोखिम कम गर्न आउजाउको समस्या कम गर्नका लागि सदस्यहरुलाई राजधानी हेटौँडामा सुरक्षित बासस्थानको व्यवस्था गरिने जानकारी दिए । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेशसभा बोलाउने तयारी भइरहेको बताए ।

मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियालगायतले प्रदेशसभा भवनको अवलोकन तथा निरीक्षणमा गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ३२ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको