नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो « Khabarhub

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगञ्जमा थप ६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार आइतबार साँझ  नेपालञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आज मात्रै नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

डा अधिकारीका अनुसार आइतबार साँझ  कोरोना पुष्टि भएका  ६ जनाको उमेर क्रमश १६,२१ र ३४ वर्षका पुरुष र ४०,५५ र ६० वर्षका महिला छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित लाइभ अपडेटमा नेपालगञ्जका ९ जना र वीरगञ्जमा १ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको थियो ।

नेपालगञ्जमा संक्रमण पुष्टि भएका १५ जना यसअघि शुक्रबार भेटिएका ६० वर्षीया कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेको व्यक्ति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ ६ जनामा कोरोना पुष्टि भएसँगै नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आज दिउँसो पर्साका ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको  थियो। दिउँसो  संक्रमण पुष्टि भएकाहरु ५ जना पुरुष र ४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।

पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएकाहरुलाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ५४ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड