घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? पालना गर्नुहोस् वास्तुका यी ८ नियम « Khabarhub

घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? पालना गर्नुहोस् वास्तुका यी ८ नियम


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको सुरक्षित वासको सबैभन्दा भरपर्दो विकल्प हो उसको घर । घर बनाउन मानिसले आफ्नो बर्षाैको मेहनत खर्चेको हुन्छ । तसर्थ यसरी बनाइने घरलाई धार्मीक र वास्तुका नियमहरु पालना गरेर बनाउनु उपयुक्त हुन्छ । वास्तुमा घर सम्बन्धी केहि टिप्सहरु दिएको छ । जसलाई पालना गरेमा घरमा शान्ति, समृद्धि र ऐश्वर्य प्राप्तहुने मान्यता छ ।

१. पर्खालको मोटाई

घर बनाउँदा यसको पर्खालमा विशेष ध्यानपुर्याउनु पर्ने हुन्छ । घरको दक्षिण र पश्चिमतर्फका पर्खाललाई उत्तर र पूर्वतर्फका पर्खालभन्दा केहि अग्लो र मोटो बनाउनुपर्छ ।

२. सडकभन्दा अग्लो जमिन
घर बनाउने अभिप्रायले किन्नलागेको जमिनवा घर किन्दा सडक भन्दाअग्लो जमिन वा सडकको सतहभन्दा घर बनेको जमिनको सतहअग्लो भएको किन्नुपर्छ । यदि केहि गरी होचो भएमा त्यसलाई अग्लो बनाउने तर्फ लाग्नुपर्छ । अन्यथा, सडक सतहभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आइलाग्छ ।

३. दक्षिण पश्चिममा अग्ला रुख
घरको दक्षिण र पश्चिमदिशामाअग्ला रुख हुनुपर्दछ । घरका यी दिशामा अग्ला रुख भएमा दुर्भाग्य हट्ने, परिवारमा संकट आउने र सम्वृद्धि आउने मान्यता छ ।

४. मध्यभागमा खाली
घरको मध्यभाग खाली हुनुपर्दछ । केहि गरी घर बनिसकेको भए, त्यस स्थानमा अन्य केहि वस्तु वा भार राख्नु हुदैँन । सकेसम्म यस्ता स्थानमा निर्माण कार्य गर्नु हुदैन, गर्नु परे पनि मन्दिर बनाउनु पर्दछ । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

५. भण्डार कक्ष
घरको महत्वपुर्ण कक्षका रुपमा भण्डार कक्षलाई मानिन्छ । तसर्थ यो कक्ष बनाउँदा दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ । यसो गर्नाले समृद्धिको बाटो खुल्ने मान्यताछ ।

६. झ्याल ढोकाको सफाइ
घरको ढोका र झ्यालको नियमित सफाइ हुनुपर्छ । किनकि घरमा आउने धन यीनै मार्गबाट आउने मान्यता छ । यदी झ्याल ढोका सफा नभएमा धन प्राप्तिमा बाधा पुग्दछ ।

७. मुख्यद्वारमा सज्जा
घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई हमेशा सजाएर राख्नु पर्दछ । घर नम्बर वा निवास लेखेको भागमा सधै उज्यालो हुनुपर्दछ ।

८. चराकालागी डुँड
मानिस झै अन्य प्राणी आफ्नो हरेक कुराको जोहो गर्न सक्दैन । तसर्थ घरमाअन्य प्राणीका लागी सम्भव नभएपनि कुनै एक भागमा चराहरू चारो वा पानी दिने डुँड बनाउनु पर्दछ । यसो गर्नाले त्यस घरमा सकारात्मक ऊर्जा र धनप्राप्तिको योग हुन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ३३ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको