घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? पालना गर्नुहोस् वास्तुका यी ८ नियम | Khabarhub Khabarhub

घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? पालना गर्नुहोस् वास्तुका यी ८ नियम


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको सुरक्षित वासको सबैभन्दा भरपर्दो विकल्प हो उसको घर । घर बनाउन मानिसले आफ्नो बर्षाैको मेहनत खर्चेको हुन्छ । तसर्थ यसरी बनाइने घरलाई धार्मीक र वास्तुका नियमहरु पालना गरेर बनाउनु उपयुक्त हुन्छ । वास्तुमा घर सम्बन्धी केहि टिप्सहरु दिएको छ । जसलाई पालना गरेमा घरमा शान्ति, समृद्धि र ऐश्वर्य प्राप्तहुने मान्यता छ ।

१. पर्खालको मोटाई

घर बनाउँदा यसको पर्खालमा विशेष ध्यानपुर्याउनु पर्ने हुन्छ । घरको दक्षिण र पश्चिमतर्फका पर्खाललाई उत्तर र पूर्वतर्फका पर्खालभन्दा केहि अग्लो र मोटो बनाउनुपर्छ ।

२. सडकभन्दा अग्लो जमिन
घर बनाउने अभिप्रायले किन्नलागेको जमिनवा घर किन्दा सडक भन्दाअग्लो जमिन वा सडकको सतहभन्दा घर बनेको जमिनको सतहअग्लो भएको किन्नुपर्छ । यदि केहि गरी होचो भएमा त्यसलाई अग्लो बनाउने तर्फ लाग्नुपर्छ । अन्यथा, सडक सतहभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आइलाग्छ ।

३. दक्षिण पश्चिममा अग्ला रुख
घरको दक्षिण र पश्चिमदिशामाअग्ला रुख हुनुपर्दछ । घरका यी दिशामा अग्ला रुख भएमा दुर्भाग्य हट्ने, परिवारमा संकट आउने र सम्वृद्धि आउने मान्यता छ ।

४. मध्यभागमा खाली
घरको मध्यभाग खाली हुनुपर्दछ । केहि गरी घर बनिसकेको भए, त्यस स्थानमा अन्य केहि वस्तु वा भार राख्नु हुदैँन । सकेसम्म यस्ता स्थानमा निर्माण कार्य गर्नु हुदैन, गर्नु परे पनि मन्दिर बनाउनु पर्दछ । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

५. भण्डार कक्ष
घरको महत्वपुर्ण कक्षका रुपमा भण्डार कक्षलाई मानिन्छ । तसर्थ यो कक्ष बनाउँदा दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ । यसो गर्नाले समृद्धिको बाटो खुल्ने मान्यताछ ।

६. झ्याल ढोकाको सफाइ
घरको ढोका र झ्यालको नियमित सफाइ हुनुपर्छ । किनकि घरमा आउने धन यीनै मार्गबाट आउने मान्यता छ । यदी झ्याल ढोका सफा नभएमा धन प्राप्तिमा बाधा पुग्दछ ।

७. मुख्यद्वारमा सज्जा
घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई हमेशा सजाएर राख्नु पर्दछ । घर नम्बर वा निवास लेखेको भागमा सधै उज्यालो हुनुपर्दछ ।

८. चराकालागी डुँड
मानिस झै अन्य प्राणी आफ्नो हरेक कुराको जोहो गर्न सक्दैन । तसर्थ घरमाअन्य प्राणीका लागी सम्भव नभएपनि कुनै एक भागमा चराहरू चारो वा पानी दिने डुँड बनाउनु पर्दछ । यसो गर्नाले त्यस घरमा सकारात्मक ऊर्जा र धनप्राप्तिको योग हुन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ३३ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने