अस्पतालले भर्ना नलिएपछि ५ संक्रमितले मन्दिरमै रात बिताए « Khabarhub

अस्पतालले भर्ना नलिएपछि ५ संक्रमितले मन्दिरमै रात बिताए

अलपत्र संक्रमितलाई महाकाली अस्पताल पठाउने तयारी


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालले भर्ना लिन नमानेपछि कैलालीको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितले मन्दिरको हलमै रात बिताएका छन् ।

नगरपालिकाकाले कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा पठाएपनि अस्पतालले भर्ना नलिएपछि ५ जना संक्रमितले एक मन्दिरको हलमा रात कटाउनु परेको नगरपालिकाका प्रवक्ता नरेन्द्र बहादुर शाहले खबरहबलाई बताए ।

‘कोरोना संक्रमित पुष्टि भएका ५ जनालाई हिजो हामीले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौं, अस्पतालले ठाउँ छैन भनेर भर्ना लिएन,’ प्रवक्ता शाहले भने, ‘संक्रमितहरुले मन्दिरको हलमा रात कटाउनु भयो ।’

सेती प्रादेशिक अस्पतालले पनि कोरोना संक्रमितको लागि वेड अभाव भएकाले संक्रमित भर्ना गर्न नसकेको स्वीकार गरेको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले अस्पतालमा वेड नभएको र भएका आइसोलेसन वेडहरुमा संक्रमितहरुले भरिएकाले संक्रमितलाई भर्ना गर्न नसकिएको बताए ।

‘हाम्रो २४ वेडको आइसोलेसन वार्ड हो, अहिले हामीकहाँ २५ जना संक्रमित हुनुहुन्छ,’ सुचना अधिकारी श्रेष्ठले खबरहबसँग भने, ‘वेड नै नभएपछि हामीले कोरोना संक्रमित आए भनेर कहाँ राख्ने ? अन्य साधारण बिरामी भएको भए जहाँ मिल्छ त्यहि मिलाएर उपचार गर्न हुन्थ्यो, वेड नभएर नै हामीले भर्ना नलिएका हौं ।’

अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार गाउँपालिकाले संक्रमण पुष्टि भएपछि अस्पतालसँग समन्वय नै नगरी बिरामी ल्याएकाले बिरामीले मन्दिरमा रात बिताउनुपरेको बताउँछन् ।

‘वेड अभाव भएर नै एउटा वेडमा त आमा बच्चा एउटै वेडमा छन्,’ सुचना अधिकारी श्रेष्ठले भने, ‘गाउँपालिकाले समन्वय नै नगरी संक्रमित ल्याउनुभयो हामीले भर्ना गर्न सकेनौं ।’

अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार संक्रमितहरु मंगलबार राति ८ बजे अस्पताल आइपुगेका थिए । वेड अभाव भएकाले उनीहरुलाई सम्झाएर त्यहाबाट पठाइएको सुचना अधिकारी श्रेष्ठको भनाइ छ ।

सेती अस्पतालमा कोरोना संक्रमितले वेड भरिएकाले अन्य संक्रमित आएमा स्थानीय र प्रदेश सरकारले अब विकल्प खोज्नुपर्ने सुचना अधिकारी श्रेष्ठले बताए ।

उनले भने, ‘हाम्रो अस्पतालमा आइसोलेन वार्डमा २४ वेड मात्र छ, संक्रमित बढ्दै गएमा हामीले अन्य संक्रमित राख्न सक्ने अवस्था छैन, हामीले विकल्प खोज्न स्थानीय र प्रदेश सरकार र प्रशासनलाई खबर गरिसकेका छौं ।’

गौरीगंगा गाउँपालिकाले कोरोना संक्रमित रातभर मन्दिरमै बस्नुपरेपछि अहिले जिल्लाका अन्य अस्पतालहरुमा समन्वय गरिरहेको छ ।

गाउँपालिकाका प्रवक्ता शाहका अनुसार हिजो अलपत्र परेका ५ जना र थपिएका २ जनासहित ७ जनालाई अहिले महाकाली अस्पतालमा पठाउन छलफल गरिरहेको छ ।

‘हिजो सेती अस्पतालले ठाउँ छैन भनेर फिर्ता पठाए, अहिले समन्वय गरेर महाकाली अस्पतालमा पठाउने तयारी भइरहेको छ,’ प्रवक्ता शाहले भने, ‘महाकाली अस्पतालको मेसुसँग पनि कुराकानी भइसकेको छ ।’

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ११ : ५६ बजे

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको