आज विहानैबाट वर्षा, बाढी पहिरोको जोखिम हुँदा सतर्कता अपनाउन अनुरोध | Khabarhub Khabarhub

आज विहानैबाट वर्षा, बाढी पहिरोको जोखिम हुँदा सतर्कता अपनाउन अनुरोध


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विहान मुलुकका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज विहान मौसम बुलेटिन जारी गर्दै देशका सबै प्रदेशहरुमा मौसममा बदली रही केही क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको पूर्वानुमान गरेको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २१ गते (आइतबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ३५ बजे

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा

विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी

काठमाडौं– विराटनगर दुग्ध वितरण आयोजनाले दूध तथा दुग्धजन्य पदार्थको विक्री