पार्टीमा चुलिएको संकट समाधान गर्न नेकपा नेता कसले के भने ? « Khabarhub

पार्टीमा चुलिएको संकट समाधान गर्न नेकपा नेता कसले के भने ?


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको राजनीतिक संकट समाधान गर्न नेकपाका नेताहरुले शीर्ष नेताहरुलाई सुझाएका छन् ।

स्थायी कमिटी बैठकमा देखिएको विवाद र पार्टी–सरकारबीच संकट गहिरिएपछि नेकपाका नेताहरुले एकता जोगाउन शीर्ष नेताहरुलाई दबाब दिएका हुन् ।

उनीहरुले सामाजिक सञ्जालमा, दुई पक्षीय बहुपक्षीय छलफल र वार्ताहरुमा शीर्ष नेताहरुबीच सहमति हुनपर्नेमा जोड दिँदै आएका छन् ।

नेकपा प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकतामा जोड दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-

यसैगरी प्रदेश नं. ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन- ‘पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो । हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो ।’

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले शीर्ष नेतादेखि दोश्रो र तेश्रो तहका नेताहरुसम्म छलफल गरिरहेका छन् ।

यसैगरी पूर्व सञ्चारमन्त्री समेत रहेका नेपाका नेता गोकुल बाँस्कोटाले पनि शीर्ष नेताहरुबीच सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्- ‘म फेरि भन्छु-गणितले हैन, पार्टी अध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे। विधानले अल्पमत बहुमत हैन सहमति भन्छ । महाधिवेशन गराैं, भाेटिङ गराैं। आफ्नापाला नबजेकाे एकब्यक्ति एकपदकाे नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गराैं । अध्यक्ष प्रम, सांसद मन्त्री, केस सांसद , प्रदेश र जिल्ला नेता मेयर नबनाैं ।’

त्यस्तै, अनेरास्ववियुको पूर्व अध्यक्ष किशोर विक्रम मल्लले पनि घनीभूत छलफल गरेर समस्याको समाधान गर्नु पर्ने धारणा राखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘घनिबुत छलफल गरौं, राजनौतिक आग्रह, पुर्वाग्रह बिर्सिएर जसरी हुन्छ, जनतामा एकताको सन्देश प्रवाह गरौं ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : २३ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ