गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकको मृत्यु « Khabarhub

गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकको मृत्यु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर १८ महिने बालकको मृत्यु भएको छ ।

एक जना पुरिएका छन् । इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छन् ।

स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर घाइते रहेको वडा सदस्य जंगबहादुर कुँवरले बताए । इश्मा गाउँपालिका वडा नं. १ का स्वास्थ्य इन्चार्ज सम्शुल हक मियाले सारुगाउँमा गएको पहिरोमा दुई घर पुरिएको र दुई जना बेपत्ता भएको जानकारी दिए ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि एक जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र २ घर बगाएको छ ।

‘अहिले पहिरो झरिरहेकाले पुग्न सक्ने अवस्था पनि छैन्,’ स्वास्थ्य इन्चार्ज मियाल् भने, ‘गाउँमा पुग्न सक्ने सहज बाटो पनि नभएकाले अर्को बाटो हुँदै उद्धारका लागि जाने प्रयास भइरहेको छ ।’

घटनास्थलमा मुसिकोट प्रहरी चौकीबाट प्रहरी पुग्न थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । पहिरोले इश्मामा २ घर बगाएको र मुसिकोटमा कम्तिमा ५ घर बगाएको जानकारी आएको उनले बताए ।

‘इश्मा र मुसिकोटमा स्थानीय चौकीको प्रहरी टोली पुगिसकेको छ,’ उनले भने, ‘उद्धारको कार्यमा लागेकाले थप विवरण आइपुगेको छैन ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : १२ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको