बालुवाटरमा ओली र प्रचण्डबीच छलफल सुरु « Khabarhub

बालुवाटरमा ओली र प्रचण्डबीच छलफल सुरु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टी एकतामा नै गम्भीर संकट पैदा भएको भन्दै समस्या समाधानको लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद व्यापक बढेपछि पार्टी फुट्ने डरले दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन् । उनीहरुले शीर्ष नेताहरुलाई भेटेर र सामाजिक संजालमा आफ्नो प्रतिक्रिया दिएर नेताहरुमाथि दबाब बनाउन शुरु गरेका छन् ।

नेताहरुले पार्टी एकता टुट्न नहुने प्रतिक्रिया दिइरहेका बेला नेकपामा अब के हुन्छ भन्ने प्रश्न सबैले गरेका छन् ।

बिहीबार दिनभरीको घटनाक्रमले पार्टी भित्र ठुलो समस्या देखिएको स्पष्ट भएपछि अब यसलाई कसरी मिलाउने भन्ने मध्यमार्गी बाटोको खोजीमा लागेको नेकपा नेताहरुले बताएका छन् ।

अहिले दुवै पक्ष मिलेर जाऊ भन्ने बाहेक ठोस प्रस्ताव कसैले कसैलाई नराखेको बताइएको छ । यस अघिका विवादहरुमा मध्यमार्गी भूमिका खेलेका पार्टी महासचिव विष्णु पौडेल लगायतका नेताहरु खासगरी दुई अध्यक्षलाई मिलाउन आफ्नो भूमिका खेलिरहेको बालुवाटार स्रोत बताउँछ ।

त्यस्तै पार्टी एकतामा संकट परेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि र खबरदारी गरेका छन् ।

उनले भनेका छन्, ‘२००६ सालमा नेकपाको स्थापना भए जत्तिकै ऐतिहासिक महत्वको महान कार्य हो हाम्रो पार्टी एकता र आजको एकीकृत नेकपाको गठन । अत: प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन गर्ने, पुँजीवादी पार्टीको रुपमा बदल्ने वा पार्टीको बिघटन वा बिसर्जन गर्ने कार्य स्विकार्य हुनै सक्तैन । कमरेडहरु हो! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ-आफ्नो ठाँउबाट भुमिका खेलौं । देश र जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं ।’

त्यस्तै नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संजालमा टिप्पणी गर्दै पार्टी एकताको रक्षा गर्नु दुवै अध्यक्षको कर्तव्य भएको बताएका छन् ।

उनले भनेका छन्, ‘ पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो । हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो ।’

त्यस्तै उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक संजाल मार्फत आफ्नो अभिव्यक्ति दिदै भनेका छन्, ‘ पद्धतिको सिमा मिचेर, जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ़ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी ….!’

त्यस्तै नेकपाका कैयौं केन्द्रीय सदस्य र जिल्ला स्तरका नेताहरुले एकता टुट्न नदिन केन्द्रीय नेतृत्वलाई अपिल गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने जस्तै आज दिनभर दुवै अध्यक्ष सहितका नेताहरु बसेर सहमतिको मध्यमार्गी बाटो खोज्न पहल हुने छ । शनिबारको बैठक अगाडी हुने छलफल नेकपाको आगामी बाटोको लागि निकै महत्वपूर्ण मानिएको छ ।

पार्टीका अधिकांश नेताहरुको विचार र पार्टीको लाइन भन्दा प्रधानमन्त्री ओली फरक बाटोमा हिडेकाले स्थिति त्यति सहज समेत नभएको टिप्पणी हुन थालेको छ । ‬

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १२ : ३६ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही