ओली-प्रचण्ड छलफल : एकताको मर्म अनुसार अघि बढ्ने समझदारी | Khabarhub Khabarhub

ओली-प्रचण्ड छलफल : एकताको मर्म अनुसार अघि बढ्ने समझदारी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्यु्निस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्षकमल दाहाल प्रचण्डले पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी गरेका छन् ।

पार्टी भित्र आन्तरिक विवाद बढ्न थालेपछि आज बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको र छलफल सकारात्मक रहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्रको विवाद चाँडै समाधान गर्ने विषयमा छलफल केन्द्रित रह्‍यो । दुवै पक्षले आआफ्ना कुरा स्पष्टसँग राख्ने काम भयो । स्पष्ट सहमति केहि भएको छैन । भोलि पनि छलफल हुनेछ । भोलिको छलफलबाट निकाश निस्कने अपेक्षा गरिएको छ ।’

उनले भने, ‘अहिले दुवै पक्षले एकतालाई असर पर्ने गतिबिधि नगर्ने समझदारी भएको छ ।’

बिहान साढे ११ देखि भएको छलफल दिउँसो पौने ३ बजेसम्म चलेको थियो । बैठकमा अध्यक्ष ओलीले अध्यक्ष पद छाड्ने तर प्रधानमन्त्रीमा भने कुनैपनि हालतमा राजीनामा नदिने बताउँदै अवस्था ठीक रहे विचार गर्न सकिने बताएका थिए । नेताहरुबीच भोलिको स्थायी कमिटी बैठक अघि ठोस सहमति गर्ने र बैठकअघि सहमति नभए बैठक नै केहि समय धकेल्ने विषयमा पनि कुराकानी भएको छ ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।

छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ ।

विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : १७ बजे

प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं- नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको

राजनीतिक सन्तुलन मिलाउन सीपालु थापाको काँधमा नेपाल प्रहरीको कमान्ड

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले

‘कर्मा’ कलाकारका दाबी : नयाँ स्वादको फिल्म

काठमाडौं – सौभर चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’ आगामी नयाँ