ओली-प्रचण्ड छलफल : एकताको मर्म अनुसार अघि बढ्ने समझदारी « Khabarhub

ओली-प्रचण्ड छलफल : एकताको मर्म अनुसार अघि बढ्ने समझदारी


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्यु्निस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्षकमल दाहाल प्रचण्डले पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी गरेका छन् ।

पार्टी भित्र आन्तरिक विवाद बढ्न थालेपछि आज बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको र छलफल सकारात्मक रहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्रको विवाद चाँडै समाधान गर्ने विषयमा छलफल केन्द्रित रह्‍यो । दुवै पक्षले आआफ्ना कुरा स्पष्टसँग राख्ने काम भयो । स्पष्ट सहमति केहि भएको छैन । भोलि पनि छलफल हुनेछ । भोलिको छलफलबाट निकाश निस्कने अपेक्षा गरिएको छ ।’

उनले भने, ‘अहिले दुवै पक्षले एकतालाई असर पर्ने गतिबिधि नगर्ने समझदारी भएको छ ।’

बिहान साढे ११ देखि भएको छलफल दिउँसो पौने ३ बजेसम्म चलेको थियो । बैठकमा अध्यक्ष ओलीले अध्यक्ष पद छाड्ने तर प्रधानमन्त्रीमा भने कुनैपनि हालतमा राजीनामा नदिने बताउँदै अवस्था ठीक रहे विचार गर्न सकिने बताएका थिए । नेताहरुबीच भोलिको स्थायी कमिटी बैठक अघि ठोस सहमति गर्ने र बैठकअघि सहमति नभए बैठक नै केहि समय धकेल्ने विषयमा पनि कुराकानी भएको छ ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।

छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ ।

विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ३ : १७ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ