गुल्मी पहिरो : घाइतेको हेलिकोप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

गुल्मी पहिरो : घाइतेको हेलिकोप्टरमार्फत उद्धार


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इश्मामा गएको पहिरोमा परी घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो ।

इश्मा गाउँपालिका-१ हस्तिचौरकोमल्दीमा गएको पहिरोमा परी घाइते भएका २७ वर्षीया ईश्वरी खत्री, ६४ वर्षीया टीका खत्री, २५ वर्षीया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज‍मा उपचार थालिएको छ । पहिरोमा परी वसन्त सारुका १८ महिने सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ३३ बजे

निगमले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा

अर्थतन्त्र तीन खर्ब ५६ अर्बले बढ्ने प्रक्षेपणको आधार के ?

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु