स्वास्थ्य प्रोटोकल कायम गरी होटल व्यवसाय खुलाउन सकिन्छ : पर्यटनमन्त्री « Khabarhub

स्वास्थ्य प्रोटोकल कायम गरी होटल व्यवसाय खुलाउन सकिन्छ : पर्यटनमन्त्री


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने पूर्वतयारी भइरहेको जानकारी दिए ।

कोभिड–१९ सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गर्दै उनले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरे ।

मन्त्री भट्टराईले प्रोटोकलसहितको प्रस्ताव लिएर आउन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निर्देशन दिँदै उक्त प्रस्तावलाई सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने वचन दिए ।

पर्यटन व्यवसायीले कोभिडका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै बन्दाबन्दी खुलाउन मन्त्री भट्टराईसँग माग गरेका छन् ।

मागपत्रमा व्यसायीहरुले चार्टर्ड उडानको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिकाअनुसार सञ्चालन गर्न अनुरोध गरेका छन् ।

त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनका लागि अनुमति दिन र हिमाल सफाइको कार्य सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्य तत्काल शुरु गर्न मागसमेत गरिएको छ ।

ट्रेकिङ्ग एजेन्सीज एसोसिएशन अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स ऐजेन्ट (नाट्टा), सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर अपरेटर्स, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी, टुरिस्ट बस एसोसिशन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले अध्यक्षले सामूहिक रुपमा पर्यटनमन्त्री समक्ष माग तथा सुझाव दिएका हुन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४८ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु