विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३१ हजार ४६६ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ४०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ४२० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ७९४ जनाको मृत्यु भएको छ । २८ लाख ९८ हजार ४९७ जना संक्रमित भएकोमा १७ लाख ४८ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ९०१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५६ लाख ५२ हजार १७३ पुगेको छ । त्यसमध्ये २९ लाख १४ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । ४४ लाख ४९ हजार ९२९ जना संक्रमित भएकोमा ३२ लाख ९६ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४६ हजार ८०३ जनाको मृत्यु भएको छ । ४२ लाख ४४ हजार १८२ जना संक्रमित भएकोमा २८ लाख ५१ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ३५० जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ३८८ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख १५ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २३३ जनाको मृत्यु भएको छ । १९ हजार ७०९ जना संक्रमित भएकोमा १२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क