जनैपूर्णिमा : यस्ता छन् क्वाँटी खानुको फाइदा « Khabarhub

जनैपूर्णिमा : यस्ता छन् क्वाँटी खानुको फाइदा


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज श्रावण शुक्ल पूर्णिमा, अर्थात जनैपूर्णिमा । जनैपूर्णिमालाई रक्षा बन्धनको दिनसँगै क्वाँटी खाने दिनका रुपमा पनि लिइन्छ ।

आजकै दिनमा विशेष परिकारको रुपमा भिजाएर टुसा उमारिएको गेडागुडीलाई क्वाँटीको रुपमा खाने चलन पनि रहेको छ ।

क्वाँटी भनेको गेडागुडीलाई तातो र झोलिलो बनाएर खानु हो । आज क्वाँटी खानको लागि हरेक नेपालीहरुले आफ्नो घरमा दुई दिन अघिदेखि नै गेडागुडी भिजाएर टुसा उमारेका हुन्छन् ।

क्वाँटीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी बकुल्लो लगायतका ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।

आजको दिन प्राय हरेक नेपालीको घरमा क्वाँटी पाक्ने गर्छ । सायद तपाईंले पनि क्वाँटी पकाएर खाइसक्नु भयो होला ।

तपाईले खाएको क्वाँटीको फाइदा तपाईंलाई थाहा छ ? थाहा पाइराख्नुस् क्वाँटी खानु स्वास्थ्यका लागि निकै लाभदायीक छ ।

क्वाँटी खानुका फाइदा

– क्वाँटीमा भिटामिन ए, बी र सिको मात्रा प्रचुर मात्रामा हुन्छ,

– क्वाँटी खादा कब्जियत, पाइल्स, फिस्टुला, फिसल लगायतको रोगबाट छुट्करा पाइन्छ,

– क्वाँटी नियमित खाएमा घाउहरु चाँडै निको हुन्छ,

– तौल नियन्त्रण गर्छ,

– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ,

– हड्डी कमजोर हुने समस्याबाट राहात मिल्छ,

– महिनावारी हुनुभन्दा अगाडी सेवन गर्दा पेटदुख्ने समस्याबाट राहत मिल्छ,

– मधुमेह, बाथ, मुटु तथा रक्तनली सम्बन्धी रोगहरु लाग्नबाट बचाउँछ,

– रोग प्रतिरोधात्मक शक्ति बढाउछ,

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ,

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ,

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ,

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ,

– पाचनशक्तिमा सुधार ल्याउँछ,

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २४ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल