नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षसहित ९ जनामा कोरोना संक्रमण « Khabarhub

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षसहित ९ जनामा कोरोना संक्रमण


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज उमहानगरपालिका १ धम्वोजीका ४७ वर्षीय वडाअध्यक्षमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वास सम्वन्धी लक्षण देखिएको छ । अर्का ४९ बर्षका कर्मचारीमा भने लक्षण नदेखिएको फोकलपर्सन श्रेष्ठले बताए । दुवै जनालाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

पछिल्लो २४ घण्टामा १९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : १६ बजे

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ

प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीले पाए छात्रवृत्ति 

काठमाडौं– बागमती प्रदेश सरकारले प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई छात्रवृत्ति