नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षसहित ९ जनामा कोरोना संक्रमण « Khabarhub

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षसहित ९ जनामा कोरोना संक्रमण


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज उमहानगरपालिका १ धम्वोजीका ४७ वर्षीय वडाअध्यक्षमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वास सम्वन्धी लक्षण देखिएको छ । अर्का ४९ बर्षका कर्मचारीमा भने लक्षण नदेखिएको फोकलपर्सन श्रेष्ठले बताए । दुवै जनालाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

पछिल्लो २४ घण्टामा १९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : १६ बजे

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले