प्लाज्मा थेरापी विधिबाट १२ अस्पतालमा कोरोना संक्रमितको उपचार शुरु | Khabarhub Khabarhub

प्लाज्मा थेरापी विधिबाट १२ अस्पतालमा कोरोना संक्रमितको उपचार शुरु


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पतालहरुमा अनुसन्धान शुरु गरेको छ ।

परिद्षका सदस्य सचिव डा प्रदिप ज्ञवालीले स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत ३ वटा निजी र ९ वटा सरकारी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारको तयारी गरिएको जानकारी दिएका हुन् ।

डा ज्ञावलीले निजी अस्पतालमा नेपाल मेडिसिटी अस्पताल,ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ह्याम्स अस्पतालमा प्लाज्मा थोरपी विधिबाट कोरोना संक्रमितको उपचार गरिने तयारी भएको जनाए ।

यस्तै धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजंग, पाटन अस्पताल, शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगंज मेडिकल कलेज, कोशी अस्पताल, नारायणी अस्पताल,भक्तपुर अस्पताल, भेरी अस्पताल र सेती अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु हुन लागेको हो ।

यी अस्पतालहरुमा बिरामीको चाप र संक्रमितको आवश्यकता अनुसार प्लाज्मा थेरापी विधिबाट उपचार हुने डा ज्ञावलीले बताए ।

कोरोना संक्रमणले गम्भिर अवस्थामा पुगेका बिरामी र प्लाज्मा दिने व्यक्तिको इच्छाअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार हुने डा ज्ञावलीको भनाइ छ ।

डा ज्ञावलीका अनुसार प्लाज्मा दिने व्यक्तिको पीसीआर विधिबाट कोरोना निको भएको पुष्टि हुनुपर्ने, रक्तदान गर्नुअघि कम्तिमा १४ दिन अघि कोरोनाको लक्षण देखा नपरेको हुनुपर्ने, निको भएका संक्रमितले रक्तदान गर्दा नेपाल रेडक्रस सोसाइटिले बनाएको मापदण्ड पूरा गरेको हुनुपर्ने बताए ।

यस्तै प्लाज्मा थेरापीबाट उपचार पाउने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने, पीसीआर विधिबाट कोरोना संक्रमित भनेर पुष्टि भएको हुनुपर्ने,अस्पतालमा भर्ना भइ उपचार गराएको हुनुपर्ने, स्वास्थ्य अवस्था गम्भिर भएको हुनुपर्ने र चिकित्सकले गम्भिर अवस्था छ भनेर पुष्टि गरेको हुनुपर्नेछ ।

डा ज्ञावलीका अनुसार हालसम्म २५ जना कोरोना निको भएका व्यक्तिहरुले प्लाज्मा दिन सहमति जनाएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ५ : २७ बजे

हेरिरहुँ लाग्ने कालिञ्चाेक (तस्बिरहरू)

दोलखा– दोलखा धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सजिएको हिमाली जिल्ला हो

वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

बैतडी– सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य

पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी

पर्वत– पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा  बेपत्ता