प्लाज्मा थेरापी विधिबाट १२ अस्पतालमा कोरोना संक्रमितको उपचार शुरु « Khabarhub

प्लाज्मा थेरापी विधिबाट १२ अस्पतालमा कोरोना संक्रमितको उपचार शुरु


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पतालहरुमा अनुसन्धान शुरु गरेको छ ।

परिद्षका सदस्य सचिव डा प्रदिप ज्ञवालीले स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत ३ वटा निजी र ९ वटा सरकारी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारको तयारी गरिएको जानकारी दिएका हुन् ।

डा ज्ञावलीले निजी अस्पतालमा नेपाल मेडिसिटी अस्पताल,ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ह्याम्स अस्पतालमा प्लाज्मा थोरपी विधिबाट कोरोना संक्रमितको उपचार गरिने तयारी भएको जनाए ।

यस्तै धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजंग, पाटन अस्पताल, शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगंज मेडिकल कलेज, कोशी अस्पताल, नारायणी अस्पताल,भक्तपुर अस्पताल, भेरी अस्पताल र सेती अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु हुन लागेको हो ।

यी अस्पतालहरुमा बिरामीको चाप र संक्रमितको आवश्यकता अनुसार प्लाज्मा थेरापी विधिबाट उपचार हुने डा ज्ञावलीले बताए ।

कोरोना संक्रमणले गम्भिर अवस्थामा पुगेका बिरामी र प्लाज्मा दिने व्यक्तिको इच्छाअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार हुने डा ज्ञावलीको भनाइ छ ।

डा ज्ञावलीका अनुसार प्लाज्मा दिने व्यक्तिको पीसीआर विधिबाट कोरोना निको भएको पुष्टि हुनुपर्ने, रक्तदान गर्नुअघि कम्तिमा १४ दिन अघि कोरोनाको लक्षण देखा नपरेको हुनुपर्ने, निको भएका संक्रमितले रक्तदान गर्दा नेपाल रेडक्रस सोसाइटिले बनाएको मापदण्ड पूरा गरेको हुनुपर्ने बताए ।

यस्तै प्लाज्मा थेरापीबाट उपचार पाउने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने, पीसीआर विधिबाट कोरोना संक्रमित भनेर पुष्टि भएको हुनुपर्ने,अस्पतालमा भर्ना भइ उपचार गराएको हुनुपर्ने, स्वास्थ्य अवस्था गम्भिर भएको हुनुपर्ने र चिकित्सकले गम्भिर अवस्था छ भनेर पुष्टि गरेको हुनुपर्नेछ ।

डा ज्ञावलीका अनुसार हालसम्म २५ जना कोरोना निको भएका व्यक्तिहरुले प्लाज्मा दिन सहमति जनाएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ५ : २७ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण