कोरोनाको जोखिमबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्दै « Khabarhub

कोरोनाको जोखिमबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्दै


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अध्यक्ष तथा विज्ञहरुसँग छलफल गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई बताए ।

नेपालमा लकडाउन खेलेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

‘स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञहरु, सीसीएमसीका अध्यक्ष, सचिव र अन्य विज्ञहरुसँग प्रधानमन्त्रीज्यूले भोली छलफल गर्न लाग्नुभएको हो,’ थापाले खबरहबसँग भने ।

भोलि विज्ञहरुसँग कोरोनाको विषयमा छलफल गर्ने तयारी भएपनि समय भने तय नभइसकेको थापाले जानकारी दिए ।

नेपालमा लकडाउन खुले भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले काठमाडौं, वीरगंज, विराटनगर लगायतका केही शहरहरुमा समुदायमै कोरोना संक्रमण फैलिएको समेत बताउँदे आएका छन् ।

लकडाउन खुलेसँगै संक्रमण फैलिने जोखिम बढेको भन्दै जनस्वास्थ्य विज्ञहरुले फेरि लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ३४ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले