नेकपा विवाद : भोलिको वार्ता सकारात्मक हुने प्रधानमन्त्री ओलीको संकेत « Khabarhub

नेकपा विवाद : भोलिको वार्ता सकारात्मक हुने प्रधानमन्त्री ओलीको संकेत


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार हुने वार्ता सकारात्मक हुने संकेत गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेवाङसहित प्रचण्डसँगको कुराकानी टुंगिएलगत्तै निजी निवास बालकोट निरीक्षणमा पुगेका ओलीले आजको छलफल तिक्ततामा टुंगिएको संकेत गरे पनि भोलि (मंगलबार)को वार्ता सकारात्मक हुने अपेक्षा राखेका छन् ।

बालकोट निवासमा बस्दै आएका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, पूर्वउद्योगमन्त्री तथा भक्तपुरका सांसद महेश बस्नेत, जिल्लास्थित प्रशासन प्रमुख र सुरक्षा अंगका प्रमुखहरूसँग केहीबेर कुराकानीसमेत गरेका थिए ।

पूर्वमन्त्री बाँस्कोटाले अर्का अध्यक्ष प्रचण्डसँगको छलफलबारे जिज्ञाशा राखेलगत्तै ओलीले केहीबेर ठट्यौली पारामा जवाफ दिएका थिए ।

‘जेरी खाएर टुंग्याउने भनेर छलफलमा बसेको त हो, जेरी चाहिँ खाइयो, तर गुलियो मुखमा अलि तितो कुरा होलाजस्तो भएपछि गुलियो मुखमा तीतो कुरा नगरौँ भनेर आजलाई छोट्यायौँ, तर भोलि फेरि बस्ने कुरा छ ।’ ओलीको भनेका थिए ।

यस्तो जवाफपछि बाँस्कोटाले तितेकरेला खाएर बसेपछिचाहिँ कुरा मिल्छ कि भन्दै ठट्टा गरेका थिए ।

ठट्याैली पारामै ओलीले जवाफ फर्काए, ‘अँ, भोलिचाहिँ तितेकरेला खानुपर्ला, मुख पनि मिठो हुन्छ, कुरा पनि मिल्ला कि, भोलि (मंगलबार) चाहिँ तितेकरेला बनाऊ है बुझेऊ (श्रीमती राधिकातिर इशारा गर्दै) ।’

श्रीमती राधिका शाक्यसहित प्रधानमन्त्री ओली बालकोट पुगेका  थिए । उनले निजी निवासमा आफ्नै नाममा निर्माणाधीन संग्रहालयस्वरूपको पुस्तकालयको निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ४० बजे

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा

कार्बन व्यापारमा महालेखाको प्रश्न

काठमाडौं- पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती