संसदको एक कार्यकालमा एकै व्यक्ति दुई पटक सांसद् हुन पाउँदैन : भीमार्जुन आचार्य « Khabarhub

संसदको एक कार्यकालमा एकै व्यक्ति दुई पटक सांसद् हुन पाउँदैन : भीमार्जुन आचार्य


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यले संघीय संसद्को एक कार्यकालमा एउटै व्यक्ति दुई पटक सांसद् हुन नपाउने बताएका छन् ।

डा.युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्यमा दोहोर्‍याउन खोजिएका समाचारहरू सार्वजनिक भएपछि वरिष्ठ अधिवक्ता आचार्यले त्यसैप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आचार्यले भनेका छन्,’ संघीय संसद अर्थात् प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन ।’

उनले खतिवडालाई इंगित गर्दै पटक/पटक असफल भएका व्यक्तिलाई सरकारले कसको स्वार्थमा गैरसंवैधानिक कसरत गर्दैछ भन्दै प्रश्न उठाएका छन् ।

‘कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैरसंवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन,’ आचार्यले लेखेका छन्, ‘देशको सम्पूर्ण अर्थतन्त्र र ब्यवस्था नै विदेशी ॠणमा चलाउने खतरनाक योजनाबाट मुलुकलाई बचाउन पहल गरौँ।’

राष्ट्रियसभा सदस्यमा पहिलो कार्यकाल सकिएर सांसद् नै नभई खतिवडाले अर्थमन्त्रीको रूपमा ६ महिनाको कार्यभार यही भदौ २० मा पूरा गर्दैछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ४२ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त