संसदको एक कार्यकालमा एकै व्यक्ति दुई पटक सांसद् हुन पाउँदैन : भीमार्जुन आचार्य « Khabarhub

संसदको एक कार्यकालमा एकै व्यक्ति दुई पटक सांसद् हुन पाउँदैन : भीमार्जुन आचार्य


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यले संघीय संसद्को एक कार्यकालमा एउटै व्यक्ति दुई पटक सांसद् हुन नपाउने बताएका छन् ।

डा.युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्यमा दोहोर्‍याउन खोजिएका समाचारहरू सार्वजनिक भएपछि वरिष्ठ अधिवक्ता आचार्यले त्यसैप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आचार्यले भनेका छन्,’ संघीय संसद अर्थात् प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन ।’

उनले खतिवडालाई इंगित गर्दै पटक/पटक असफल भएका व्यक्तिलाई सरकारले कसको स्वार्थमा गैरसंवैधानिक कसरत गर्दैछ भन्दै प्रश्न उठाएका छन् ।

‘कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैरसंवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन,’ आचार्यले लेखेका छन्, ‘देशको सम्पूर्ण अर्थतन्त्र र ब्यवस्था नै विदेशी ॠणमा चलाउने खतरनाक योजनाबाट मुलुकलाई बचाउन पहल गरौँ।’

राष्ट्रियसभा सदस्यमा पहिलो कार्यकाल सकिएर सांसद् नै नभई खतिवडाले अर्थमन्त्रीको रूपमा ६ महिनाको कार्यभार यही भदौ २० मा पूरा गर्दैछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ४२ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला