वास्तु अनुसार घरमा कहाँ राख्ने घडी ? « Khabarhub

वास्तु अनुसार घरमा कहाँ राख्ने घडी ?


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिस घरमा घडी राख्दा कुन दिशामा राख्ने भन्नेबारे ध्यान दिदैनन् । धेरैले अनुकुल र मन लागेको दिशामा भित्ते घडी राख्ने गर्दछन् । जुन पायो त्यही दिशामा घडी राख्नु वास्तुअनुसार गलत हुने गर्दछ ।

वास्तुशास्त्र अनुसार गलत दिशामा घडी राख्दा शारीरिक, मानसिक वा आर्थिक हानी ब्यहोनुपर्ने हुनसक्छ । गलत दिशामा घडी राख्दा परिवारका सदस्यको प्रगतिमा बाधा उत्पन्न हुने गर्दछ । तसर्थ घरमा घडी राख्दा निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. वास्तुशास्त्र अनुसार घरको दक्षिण दिशामा घडी राख्दा घरका मुखिया सदैव बिरामी पर्ने सम्भावना हुन्छ । तसर्थ यो दिशामा घडी राख्नु हुदैन ।

२. वास्तु अनुसार दक्षिण दिशामा घडी राख्दा प्रगतीमा बाधा उत्पन्न हुने गर्दछ । साथै नयाँ अवसर समेत पाइदैन । यस अलावा घरमा नकारात्मक ऊर्जा समेत आउने गर्दछ ।

३. वास्तुशास्त्र अनुसार पुर्व वा उत्तर दिशाको भित्ता वा त्यसतर्फ मात्र घडी राख्नु उपयुक्त हुन्छ । यस दिशामा घडी राख्दा लाभ प्राप्त हुने तथा समृद्धि बढ्ने गर्दछ ।

४. पूर्व वा उत्तर दिशामा घडी राख्दा रोकिएका अधुरा काम समेत बन्ने संभावना हुन्छ ।

५. पूर्व दिशामा राख्ने घडी हल्का हरियो वा पहेलो रंगको राख्नु पर्दछ ।

६. वास्तुअनुसार घरमा बन्द अवस्थामा घडीलाई छाड्नु हुदैन । यसो गर्नाले जीवनमा समस्या उत्पन्न हुनसक्छ ।

७. वास्तुशास्त्र अनुसार घरमा टुटफुट भएको घडी पनि राख्नु हुदैन । यस्ता घडी दुर्भाग्यको सुचक मानिन्छ ।

८. वास्तु अनुसार घरमा पेण्डुलम घडी राख्नु राम्रो मानिन्छ । यसले घरका सदस्यहरुको काममा बढुवा हुने संभावना हुन्छ । तर यो घडी पश्चिम दिशामा राख्नु पर्दछ ।

९. घरमा कालो, नीलो र रातो रंगको घडी राख्नु हुदैन । यो वास्तुका हिसाबले सही मानिदैन ।

१०. घरमा राख्ने घडी चारपाटे वा गोलो राख्नु पर्दछ । यस प्रकारको घडी शुभ मानिन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : २३ बजे

बङ्गलादेशमा आक्रमण गर्ने धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०