श्रीमतीका १४ प्रेमीसँग श्रीमानले मागे १०० करोड क्षतीपूर्ति « Khabarhub

श्रीमतीका १४ प्रेमीसँग श्रीमानले मागे १०० करोड क्षतीपूर्ति


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई एक सय करोडको मानहानीको नोटिस पठाएका छन् ।

मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् ।

यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरुविरुद्ध कानूनी कारबाही गरिने समेत जानकारी दिइएको थियो ।

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले ।

उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तिका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् । तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तिको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरुविरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ५२ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला