श्रीमतीका १४ प्रेमीसँग श्रीमानले मागे १०० करोड क्षतीपूर्ति « Khabarhub

श्रीमतीका १४ प्रेमीसँग श्रीमानले मागे १०० करोड क्षतीपूर्ति


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई एक सय करोडको मानहानीको नोटिस पठाएका छन् ।

मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् ।

यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरुविरुद्ध कानूनी कारबाही गरिने समेत जानकारी दिइएको थियो ।

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले ।

उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तिका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् । तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तिको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरुविरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १० : ५२ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक