सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगरौं : अध्यक्ष थापा | Khabarhub Khabarhub

सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगरौं : अध्यक्ष थापा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै रथ तान्ने कार्य सुचारू गर्न सरकारलाई अनुरोध गरेका छन् ।

मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी रथ तान्ने कार्य सुचारू गर्नुपर्ने सुझाब​ दिएका हुन् ।

उनले ट्वीट गर्दै सास्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष थापाले भनेका छन् “सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ।सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ ।”

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ३८ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार