काठमाडौंमा दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्रै ‘होम डेलिभरी’ गर्न पाइने, यस्तो छ मापदण्डमा « Khabarhub

काठमाडौंमा दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्रै ‘होम डेलिभरी’ गर्न पाइने, यस्तो छ मापदण्डमा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको बेलामा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको छ ।

गत आइतबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा गठित समितिले निषेधाज्ञाको अवधिमा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको हो ।

काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा भदौ २४ गतेसम्म थपिएसँगै होम डेलिभरी गर्ने मापदण्ड तयार पारिएको हो ।

मापदण्ड बनेलगत्तै बिहीबारदेखि होम डेलिभरी सेवा सुचारु भएको नेपाल इकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागरदेव भट्टले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको मापदण्डमा होम डेलिभरी गर्दा पालना गर्नुपर्ने शर्तहरु र होम डेलिभरी गर्न पाइने सामानहरुको सूची राखिएको छ ।

होम डेलिभरी गर्न सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची, सरकारकाले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने शर्त मापदण्डमा छ ।

यस्तै, सामान दिंदा सेवाग्राहीसँग कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्ने, सेवा वा वस्तु प्रदायकले अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्नेछ ।

सेवाग्राहीको माग बमोजिमको गुणस्तर कायम नभएमा सामान फिर्ता लैजानुपर्ने समेत मापदण्डमा उल्लेख गरिएको छ ।

दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मात्रै डेलिभरी गर्न पाइने मापदण्डमा उल्लेख छ ।

होम डेलिभरी गर्दा लिने व्यक्तिको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण संकलन गर्नुपर्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ ।

यस्तै, स्थानीय प्रशासन आफैंले वा अन्य निकायमार्फत होम डेलिभरी गर्ने कम्पनीको स्टोर, भान्सा र डेलिभरीको आकस्मिक अनुगमन गर्न सक्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ ।

खाना, औषधि र औषधिजन्य उत्पादनहरु, बच्चाले प्रयोग गर्ने उत्पादन, मातृस्वास्थ्य स्याहारका सामग्री, छालाको सुरक्षासम्बन्धी उत्पादन, व्यक्तिगत सरसफाई, घरपालुवा जनावरको स्यहारसम्बन्धी उत्पादन, कृषिजन्य बीउ विजन, उपकरण र औषधिजस्ता सामग्री होम डेलिभरी गर्न पाइने मापदण्डमा उल्लेख छ । मापदण्डमा होम डेलिभरी गर्न पाइने सामग्रीको सूची उल्लेख गरिएको छ ।

यस्तो छ मापदण्ड

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : १८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ