ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु « Khabarhub

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि (शुक्रबार) ललितपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यू लागू हुनेछ।

मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यु आदेश जारी गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कर्फ्यू आदेश जारी भएको क्षेत्र भित्र उपरोक्त मिति र समयमा आवतजावत गर्न, भेला हुन र जुलश निकाल्न जस्ता काम कारबाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घर बाहिर निस्केमा वा अन्य काम गरेका सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारले गोली समेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई सूचित गरिन्छ ।’

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीबीच विहीबार झडप भएको थियो ।

सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्रुग्यास र लाठीचार्ज गरेको थियो। यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : ५२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका