कुलमान बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो, आज पनि ठाउँठाउँमा विद्युत कटौती « Khabarhub

कुलमान बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो, आज पनि ठाउँठाउँमा विद्युत कटौती


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर उनी बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो बढ्न थालेको छ ।

व्याप्त जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालये विना जानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गर्‍यो । तर, पनि विद्युत कटौतीको क्रम रोकिएको छैन ।

यद्यपि प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ । विभिन्न स्थानमा मर्मत सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्न परेको प्राधिकरणले प्रष्ट्याएको छ ।

नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ ।

प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।

ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।

यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ ।

यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको दिउँसो १ बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ ।

चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने बताइएको छ । चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिने छ ।

नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि विद्युत कटौती भएको छ । त्यस क्षेत्रको विद्युत दिउँसो ४ बजेपछि सुचारू हुने छ ।

पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म विद्युत कटौती गरिने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ५६ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण