मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु « Khabarhub

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्वत- कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण शुरु भएको छ ।

गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो साता शुरु भएको हो ।

पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भए पनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ ।

‘लकडाउनले रोकिए पनि अब काम तीब्र रुपमा अघि बढ्छ’, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने, ‘घाम लागेका कारण दशैपछि कालोपत्रेको काम पनि थाल्छौ ।’

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रु.८३ करोड ९८ लाख ठेक्का लिएको हो ।

पर्वत खण्डको २३ किलोमिटर मध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुङ्गादेखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।

बाढीपहिराले त्यो खण्डका केही ठाउँमा सडक बिग्रेकाले पुनः कालोपत्रे गर्नुपर्नेछ । ‘अहिले बाँकी स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाले बिग्रेको खण्ड सक्छौ’,  प्रोजेक्ट म्यानेजर भुसालले भने, ‘बाँकी यसै आर्थिक वर्षमा सक्ने तयारी छ ।’

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे ।

निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रेको सक्ने उनले जानकारी दिए । रोकिएको काम शुरु भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ ।

स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको बताउँदै काम छिटो र गुणस्तरीय बनाउन उनले आग्रह गरे   ।

कुस्माको सडक चार लेन

मध्यपहाडी लोकमार्गकै पोखरा-बागलुङ खण्ड स्तरोन्नतिका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ ।

कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै दुई किलोमिटर चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताए ।

पहिले दुई लेनकै बनाउने योजना भएपनि अहिले चार लेनको रुपमा स्तरोन्नति हुन लागेको हो ।

त्यसका लागि आवश्यक सबै तयारी सकिएकाले चार लेनको सडक बन्ने कुरा पक्का भएको उनको भनाइ थियो । आयोजनाले ७२ किलोमिटर पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : २५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार