खोलाको गिट्टीबालुवा दोहन गर्नेलाई कारबाही गर्न थालेपछि आन्दोलन ! « Khabarhub

खोलाको गिट्टीबालुवा दोहन गर्नेलाई कारबाही गर्न थालेपछि आन्दोलन !


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्याक्टर व्यवसायी आन्दोलित भएका छन् ।

नवलपरासीपूर्व बिनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीब्र हुँदा प्रहरी प्रशासनले कारबाही थालेको छ ।

बिहीबार मात्रै विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य बस्तुको दोहन भएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरी प्रशाशनले कारबाही थालेको थियो ।

खोलाबाट गिटीबालुवा चोरी गर्न नपाएपछि ट्याक्टर ब्यवसायीहरु शुक्रबार ट्याक्टर लिएर आन्दोलनमा उत्रिएका थिए । शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टरसहित र्‍याली गरेका थिए ।

नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने उनीहरुको माग छ । स्थानीय तह आफैले रोयल्टी उठाएर भए पनि खोल्नु पर्ने नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरी बताउँछन् ।

ट्याक्टर व्यवसायीहरुले शुक्रबार २ सय भन्दा बढी टेक्टर राजमार्गमा निकालेर विरोध गरेका थिए ।

नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले नदीजन्य बस्तुको दोहन गर्नेलाई छुट नदिने बताइन् । ‘नदीजन्य बस्तुको दोहन गर्ने छुट कसैलाई छैन,’ उनले भनिन् ।

नवलपुरका अधिकांश नदी तथा खोलामा गत बर्षदेखि अहिले ठेक्का लाग्न सकेको छैन । खोलाको नदीजन्य वस्तु निकासीको लागि टेण्डर आव्हान गरेपनि कुनै पनि टेण्डर नपरेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : ४२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग