खोलाको गिट्टीबालुवा दोहन गर्नेलाई कारबाही गर्न थालेपछि आन्दोलन ! « Khabarhub

खोलाको गिट्टीबालुवा दोहन गर्नेलाई कारबाही गर्न थालेपछि आन्दोलन !


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्याक्टर व्यवसायी आन्दोलित भएका छन् ।

नवलपरासीपूर्व बिनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीब्र हुँदा प्रहरी प्रशासनले कारबाही थालेको छ ।

बिहीबार मात्रै विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य बस्तुको दोहन भएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरी प्रशाशनले कारबाही थालेको थियो ।

खोलाबाट गिटीबालुवा चोरी गर्न नपाएपछि ट्याक्टर ब्यवसायीहरु शुक्रबार ट्याक्टर लिएर आन्दोलनमा उत्रिएका थिए । शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टरसहित र्‍याली गरेका थिए ।

नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने उनीहरुको माग छ । स्थानीय तह आफैले रोयल्टी उठाएर भए पनि खोल्नु पर्ने नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरी बताउँछन् ।

ट्याक्टर व्यवसायीहरुले शुक्रबार २ सय भन्दा बढी टेक्टर राजमार्गमा निकालेर विरोध गरेका थिए ।

नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले नदीजन्य बस्तुको दोहन गर्नेलाई छुट नदिने बताइन् । ‘नदीजन्य बस्तुको दोहन गर्ने छुट कसैलाई छैन,’ उनले भनिन् ।

नवलपुरका अधिकांश नदी तथा खोलामा गत बर्षदेखि अहिले ठेक्का लाग्न सकेको छैन । खोलाको नदीजन्य वस्तु निकासीको लागि टेण्डर आव्हान गरेपनि कुनै पनि टेण्डर नपरेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : ४२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर