सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै « Khabarhub

सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आएका छन् । उनले हात्ती पाल्न थालेको करिब १० वर्ष भयो।
शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पालेका उनले अहिले छ वटा पालेका छन् तर, हात्ती सफारीका लागि प्रयोग हुँदैनन् ।

किन की हात्ती सबै सफारीका लागि योग्य छैनन् । कुनै हात्ती अपाङ्गता भएका छन् त कुनै अशक्त । यी हात्तीहरू सफारीका क्रममा घाइते भएका हुन् । उनले अझै हात्तीको सङ्ख्या बढाउने योजना बनाएका छन् ।

हात्तीले सफारीको काम नगरे पनि गिरी भने खुशी छन् । हात्तीका गतिविधि देखाएर नै उनले सफारीसरह पैसा भने कमाउन सकेको बताउँछन् । दुई वर्षदेखि उनले हात्तीलाई सेन्चुरी निर्माण गरी राख्दै आएका छन् ।

हात्ती नजिकैको बूढीराप्तीमा दिनभर चर्छन्, खोलामा नुहाउँछन् र अरु बेला सेन्चुरीमा बस्छन् । सेन्चुरी भनेको हात्तीलाई बिना साङ्लो एउटा घेरामा खुलारुपमा राखिएको ठाउँ हो जहाँ हात्ती पर्यटकका लागि विभिन्न किसिमका खेल, नाच र अन्य रोमाञ्चक गतिविधि देखाउने गर्दछन् ।

त्योबापत पैसा तिर्छन् । एक हात्तीका लागि मासिक रु ६० हजारदेखि एक लाखसम्म खर्च हुने गर्दछ । यो कामका लागि एक अन्तर्राष्ट्रिय संस्थाले उनलाई सहयोग पनि गर्दै आइरहेको छ । हात्ती सङ्कटमा पर्न थालेसँगै यहाँका व्यवसायी चिन्तित पनि छन् ।

“पोथी हात्ती दुई वर्षसम्म गर्भावस्थामा रहन्छन्”, गिरीले भने, “बच्चा पाउँदा आमा मर्ने सम्भावना बढी हुन्छ । हात्तीको सङ्ख्या बढाउन सजिलो छैन”, गिरीले हात्तीलाई लोप हुन नदिन ‘एलिफेन्ट सेन्चुरी’ एक महत्वपूर्ण पाटो भएको बताउँछन् । समयमै संरक्षण गर्न नसके भावी पुस्तालाई हात्ती देखाउन नसकिने उनको भनाइ छ ।

हात्तीको सङ्ख्या वृद्धि गर्न चितवन राष्ट्रिय निकुञ्जले हात्ती प्रजनन केन्द्र पनि स्थापना गरेको छ । हात्ती निकुञ्जको संरक्षणको काममा पनि प्रयोग हुँदै आइरहेका छन् । कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण यहाँका व्यवसायीलाई हात्तीलाई पाल्न गारो भइरहेको छ । भारतबाट भाडामा ल्याएका केही हात्तीलाई फिर्ता पनि पठाइएको छ ।

पछिल्लो समय एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा एशियन हात्तीको सङ्ख्यामा कमी आइरहेको जनाइएको छ । बेला बेलामा उठ्ने पशु अधिकारका कुराले पनि यहाँका व्यवसायीलाई सास्ती व्यहोर्न परेको छ । यहाँका व्यवसायीले पनि हात्तीलाई सफारीमा प्रयोग नगरी हात्तीबाट आम्दानी गर्दै यसको संरक्षणमा चासो दिएका छन् । यसको विकल्प ‘एलिफेन्ट सेन्चुरी’ हो भन्ने निष्र्कषमा पुगिएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा एलिफेन्ट सेन्चुरी बनाउने बारे छलफल भइरहेको बताए । “हात्ती चढ्ने हात्तीमै चढेर निकुञ्ज घुम्नेछन”, उनले भने, “हात्ती सफारी नरुचाउनेले एलिफेन्ट सेन्चुरीमा हात्तीका गतिविधि अवलोकन गर्न पाउनेछन् ।”

उनका अनुसार हात्ती सफारीमा लैजान अयोग्य सबै हात्तीलाई खुल्ला चिडियाखानाको मोडलमा एलिफेन्ट सेन्चुरी क्षेत्र बनाउने योजनाबारे बहस चलेको छ । “हात्तीको दिनभरको गतिविधि नियाल्न चाहनेलाई सहज पनि हुने छ”, उनले भने, “अबको १५ वर्षपछि हात्ती सफारी विभिन्न कारणले बन्द भएछ भने पनि यसको गतिविधि हेर्न मिल्ने स्थानको सुनिश्चितता रहनेछ ।”

युनाइटेट हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले ‘एलिफेन्ट सेन्चुरी’ ले व्यावसायिकता र हात्ती संरक्षणमा टेवा पुग्ने बताउँछन् । ‘एलिफेन्ट सेन्चुरी’ भारतको नयाँदिल्लीमा सञ्चालन गरिँदै आइएको उनले बताए । सौराहामा निजी क्षेत्रका ७० बढी हात्ती छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहामा ५५ हात्ती छन् भने अन्य ठूला होटल व्यवसायी मातहतका १५ हात्ती छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : १४ बजे

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा