नाका बन्द हुँदा पेन्सनधारी समस्यामा « Khabarhub

नाका बन्द हुँदा पेन्सनधारी समस्यामा


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ ।

भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द हुँदा पेन्सनधारी समस्यामा परेका हुन् ।

पेन्सनकै भरमा रहेकालाई घरधन्दा चलाउन समस्या भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जीतसिंह थापाले जानकारी दिए ।

जिल्ला प्रशासनलाई १५ दिन अगाडि नाका खोल्न पहल गर्नका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ थियो । उनले भने, “पेन्सनधारीलाई नाका नखुल्दा खान लाउन, औषधि उपचारका लागि पैसा नहुँदा समस्यामा परेका छन्, नाका खोल्नको लागि सरकारले वास्ता गरेको छैन ।”

यसअघि तीन महिना अगाडि तीन दिनलाई नाका खोलेको भएपनि त्यो समयमा सबैले पेन्सन बुझ्न नपाएको थापाको भनाइ थियो । उनले भने, “जिल्लामा एक हजार दुई सय भारतीय पेन्सनधारी रहेपनि त्यो बेला ४ सय ३८ जनाले पेन्सन बुझ्न पाए, कोही धनगढी, कोही महेन्द्रनगरमा भएकाले समय अपुग हुँदा सबैले बुझ्न पाएनन् ।”

जिल्ला प्रशासन कार्यालय बैतडीले भने नाका खोल्न प्रयासरत रहेको जनाएको छ । दुई देश सहमत भएपछि मात्रै नाका खोल्न सकिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले भने, “पेन्सनधारीको समस्याबारे स्थानीय प्रशासन जानकार छ, सरकारलाई लिखित र मौखिक जानकारी गराईएको छ ।”

भारतसँग पनि नाका खोल्न आग्रह गरेकाले दुईपक्षीय सहमतीमा चाँडै नाका खोलिने प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ११ : ३१ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९