कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा « Khabarhub

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ ।

सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो ।

लकडाउन अवधिमा समेत कतिपय सहकारीहरुले ब्याजमा हर्जना असुलिरहेको गुनासो आइरहेका बेला उक्त सहकारीले भने विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋणको ब्याजदरको कार्यक्रम अघि सारेको हो ।

सहकारीका प्रबन्धक हरिप्रसाद पौडेलले यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुने बताए। “कोरोना प्रभावितका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेर राहत प्याकेज ल्याएका हौँ”, उनले भने, “नयाँ उद्यम गर्न चाहनेलाई सस्तो ब्याजदरले राहत मिल्नेछ, निक्षेपतर्फ पनि ११ प्रतिशतसम्म ब्याजको व्यवस्था गरिएको छ ।”

सहकारीले यसअघि १५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको थियो । प्रबन्धक पौडेलका अनुसार लघुकर्जामा ब्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको ब्याज १२ प्रतिशत, मासुजन्य–दूधजन्य–तरकारीजन्यमा नौ प्रतिशत, स्वालम्बन कर्जा ब्याज १० प्रतिशतमा दिने निर्णय भएको छ ।

साना किसान सहकारी संस्थाले नयाँ सहकारी ऐनअनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एकै प्रकृतिको एउटा मात्र सहकारीमा आवद्ध हुनुपर्ने कानूनी प्रावधान भएकाले आफ्ना सेयर सदस्यहरुलाई कुनै एक सहकारी रोज्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : ०१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार