आजलाई बोलाइएको नेकपा सचिवालय बैठक भोलि ४ बजेसम्मलाई स्थगित « Khabarhub

आजलाई बोलाइएको नेकपा सचिवालय बैठक भोलि ४ बजेसम्मलाई स्थगित


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तापछि आज (शनिबार) ४ बजेका लागि बोलाइएको बैठक भोलि (आइतबार) ४ बजेसम्मलाई स्थगित गरिएको हो ।

बैठक आजलाई बोलाउने अध्यक्षद्वयको समझदारी भएपनि सबैलाई खबर गरिनसकिएकाले भोलिका लागि तय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा विवाद बढेको हो। त्यसपछि नेताहरुले बैठकको माग गरेका थिए।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले आजको बैठकमा पार्टीमा छलफल नै नगरी नियुक्ति गरेको भन्दै त्यसबारे छलफल गर्ने योजना बनाएका थिए।

त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ। असोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए। त्यसमा पनि छलफल गर्ने तयारी रहेको थियो।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : १० बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ