काठमाडौँमा १ हजार १ सहित उपत्यकामा १ हजार ११७ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा १ हजार १ सहित उपत्यकामा १ हजार ११७ संक्रमित थपिए


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बितेको २४ घण्टाको अविधमा काठमाडौँ उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा मात्र १ हजार १ सहित उपत्यकामा १ हजार ११७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा ४०५ महिला र ५९६ पुरुषसहित १ हजार १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ३५ महिला र ३२ पुरुषसहित ६७ जनामा कोरोना संक्रमण भएको छ ।

ललितपुरमा ४७ महिला र ६२ पुरुषसहित १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ४२ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता