स्कुटर दुर्घटनामा एकको मृत्यु « Khabarhub

स्कुटर दुर्घटनामा एकको मृत्यु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज बिहान साढे ४ बजेको समयमा भएको सो दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय स्कुटर चालक सन्तोष न्यौपाने भने घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ३० बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये