स्कुटर दुर्घटनामा एकको मृत्यु | Khabarhub Khabarhub

स्कुटर दुर्घटनामा एकको मृत्यु


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज बिहान साढे ४ बजेको समयमा भएको सो दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय स्कुटर चालक सन्तोष न्यौपाने भने घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ३० बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी