प्रचण्डको सरकार प्रमुखका हैसियतमा व्यक्त सम्बोधनको संग्रह सार्वजनिक « Khabarhub

प्रचण्डको सरकार प्रमुखका हैसियतमा व्यक्त सम्बोधनको संग्रह सार्वजनिक


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो ।

दशवर्षे जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिनुभएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा पाइन्छ ।

पुस्तकमा प्रधानमन्त्रीत्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा अध्यक्ष दाहाल प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधन समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ ।

पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा उनको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

जनयुद्धको सकारात्मक प्रयासका विषयमा अध्ययन तथा अनुसन्धानका लागि प्रस्तुत पुस्तकले ज्ञान दिनेछ । बर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि प्रस्तुत पुस्तकले महत्वपूण सामग्री प्रदान गर्ने छ ।

माओवादी आन्दोलनले उठाएका एजेन्डा र ती एजेन्डालाई संस्थागत गर्न चाहनेका लागि प्रस्तुत पुस्तकले अध्ययन–अनुसन्धानका लागि ढोका खोलिदिन सक्छ ।

क्रान्तिकारी नेताले सरकारको नेतृत्वमा पुगेर लिएका निर्णय, दिएका अभिव्यक्ति, अगाडि सारिएका योजना, कार्यान्वयन गर्ने अग्रसरता, शान्ति, संविधान र समृद्धिका लागि नेतृत्वमा देखिएको हुटहुटी प्रस्तुत पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकमा तत्कालीन अवस्थामा अध्यक्ष दाहाल सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भेला र छलफलका तस्बिर पनि समावेश गरिएको छ । पुस्तकमा ४०४ पृष्ठ छन् । प्रतिष्ठानले पुस्तकको मूल्य रु ७५० राखेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : १५ बजे

काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारोन्मुख

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त

जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने

काठमाडौं – कलाकार जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा